मुख्य-2 विविध

अवैध भारतीय गुटखाको दवदवा,बजार अनुगमन नभएकोले विकृती बढ्यो

टुडेपाटी समाचारदाता–
जनकपुरधाम,जेठ २२ गते ।

राजनिवास र रजनिगन्धा लगायतका गुट्खाहरुको अबैध ब्यापार सबैभन्दा बढि हुनेगरेको देखिएको छ । नेपाली भन्दा भारतिय गुट्खाको गुणस्तर राम्रो रहेको बहानामा अबैध गुट्खाको व्यापार फस्टाएको देखिएको छ ।
अबैध तरीकाबाट भित्रीएको गुट्खाको ब्यापार सिमावर्ती र तराईका जिल्लामा मात्रै सिमित छैन । संंघिय राजधानी समेत अबैध गुट्खाको कारोबारमा अब्बल रहेको कुरा अब कसैबाट लुकेको छैन । भारतिय गुट्खा आफैमा अबैध भने होइन, नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व नतीरेर चोर बाटो वा सेटिङ मार्फत केही ठुला नाकाबाट पनि अबैध गुट्खाको कारोबार हुने गरेको स्रोतको दावी छ । यकिन तथ्यांक कसैसँग नभए पनि एक दिनमा करोडौंको कारोबार रहेको यस क्षेत्रसँग सम्बन्धित ब्यक्तीहरु बताउँछन ।

सिमावर्ती सुरक्षामा खटिएको प्रहरी भने अबैध गुट्खा नभित्रीएको दावी गर्छ । यता गुट्खा कारोबारमा संलग्न एक ब्यापारीले नाम नबताउने सर्तमा भने–ग्राहकहरुको पहिलो रोजाई नै भारतिय गुट्खा हो, हामीपनि नेपाली गुट्खा नै बेच्न चाहन्छौं तर ठुला होलसेल तथा सप्लायर्सहरुले नै बढी नाफा कमाउने उदेश्यले भारतिय गुट्खाको बजारीकरण गरीरहेको तथा उनिहरुको उपल्लो स्तरमा समेत राम्रै सेटिङ हुने हुँदा अबैध गुट्खाको ब्यापार दिन दुई गुणा रात चौगुणा बढिरहेको छ । ती ब्यापारीले अगाडि भने– अबैध गुट्खा नियन्त्रण गर्ने हो भने ठुला ब्यापारीलाई नै निगरानीमा राख्नुपर्ने छ ।
यता भारतिय अवैध गुट्खाको कारोबार बढेसँगै नेपाली गुट्खा कारोबारमा संलग्न ब्यापारीहरु मारमा परेको गुनासो गर्छन । नियम अनुसार हुन आउने राजश्व तथा अतिरिक्त शुल्क तिरेपनि अबैध गुट्खासँग प्रतिस्पर्धा गर्न नसकेर ब्यापारबाटै बिस्थापन हुने जोखिम मात्रै होइन करोडौंको लगानी र यस क्षेत्रमा काम गरीरहेका हजारौं मजदुरले समेत रोजगारी गुमाउन सक्ने जोखिम उत्पन्न भएको एक ब्यापारीले जानकारी दिए ।
केही स्थानीय तहको सक्रियतामा विद्यालय तथा अस्पताल वरपर सुर्तीजन्य पदार्थको कारोबारमा कडाइ गर्ने व्यवस्था लागू गरेको भएपनि राजश्व स्टिकर नलागेका गुट्खाको ब्यापार हुँदा समेत नियमनकारी निकाय मौन देखिएको छ । अरु खाद्य सामग्रीहरुको बेलाबेलामा बजार अनुगमन हुने भएपनि गुट्खाको भने बजार अनुगमन नहुने भएका कारण पनि यस क्षेत्रमा अझ बढी बिकृती रहेको यस क्षेत्रमा लामो समयदेखि काम गरिरहेका जनकपुरधामका एक व्यापारीले बताए ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *