मुख्य-2 विविध

कतारमा गैर आवासीय मधेशी संघको आयोजनामा क्रिकेट टुर्नामेन्ट सम्पन्न

बद्री नाथ झा-
कतार , जेठ २३ गते ।

कतारमा रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) कतारले एकदिने क्रिकेट टुर्नामेन्ट सम्पन्न गरेको छ । बरवासिटीको कम्पाउन्डमा भएको खेलमा बरवासिटी, सनैया ३८, ग्रैंड माल, अबुनखला पेट्रोल पम्प, वाक्रा, अल थुमामा र दोहा क्रिकेट लगायत ७ वटा टिम भाग लिएको थियो ।

सेमीफÞाइनलमा ग्रैंड माल र सनैया ३८ बीच भएको खेलमा सनैयाले जित हाँसिल गरेको छ । अल थूमामा र दोहाबीचको खेलमा अल थूमामाले जित हात पारेको थियो ।
फाइनलमा अलथुमामा र सनैया ३८ पुगेका थिए । फाइनलमा अलथुमामाले जित हात पार्दै सनैया ३८ टिम दोस्रो भए ।

प्रतियोगितालाई सफल बनाउन बरवा सिटीका संजीत कुमार दास, बिनोद कुमार साह तथा एनआरएमएका सदस्यहरूले सहयोग गरेका थिए ।
गैर आवासीय मधेशी संघले विश्वभर रहेका मधेशीहरुलाई संगठित गरी मधेशको सांस्कृतिक, धार्मिक, पहिचान एव खेलकूद सम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *