TodayPati

महोत्तरीमा ट्याक्टर पल्टिदा एक भारतीय महिलाको मृत्यु, चार महिला घाइते

टुडेपाटी

महोत्तरी, मंसिर १२ गते ।

महोत्तरीको सम्सी गाउँपालिका ५ पोखरभिण्डमा शुक्रबार साँझ भएको ट्याक्टर दुर्घटनामा एक महिलाको मात्र मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । यस्तै अन्य चारजना महिला घाइते भएका छन् ।

Sponsored

ट्याक्टरमा सवार भारत बिहार सीतामढी ग्रामपञ्चायत लालबन्दी दरबार ३ बस्ने ५० वर्षीया महरिया देवीको टेलरले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीचौकी पोखरभिण्डाले जनाएको छ ।

प्रहरीका अनुसार हुलाकी राजमार्ग अन्तर्गत पूर्वबाट सम्सी तर्फ जाँदै गरेको ना ४ त ८५७८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकमै पल्टेर दुर्घटना भएको हो ।

टेलरले च्यापिएर घाइतेहुनेहरुमा सोही ट्याक्टरमा सवार भारत बिहार सीतामढी ग्रामपञ्चायत लालबन्दी दरबार ३ कै ४५ वर्षीया लक्ष्मीनिया देवी पण्डित, वर्ष १२ की खुसवु कुमारी पण्डित, वर्ष २८ की अमृता देवी पण्डित र सर्लाही कविलासी गाउँपालिका ४ बस्ने वर्ष ३५ की लालो देवी पण्डित घाइते भएका छन् ।

Sponsored

उनीहरुको सम्सीको जीवन ज्याती अस्पतालमा उपचार भइरहेको र चालकलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *