TodayPati

सप्तरीमा बालिका बलात्कार प्रयास आरोपमा वृद्ध पक्राउ, यसअघि पनि गरेका थिए यस्तै घटना

टुडेपाटी-
सप्तरी, मंसिर १२ गते ।

बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा सप्तरीबाट एक वृद्ध फक्राउ परेका छन् । तिरहुत गाउँपालिका–५ लोहजारामा ७६ वर्षका लक्ष्मी महतो बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् ।

गाउँकै ७ वर्षीया बालिकालाई घरमा बोलाएर दूधभात खान महतोले बलात्कारको प्रयास गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी नरेश सिंहले बताए । परिवारजनले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको डीएसपी सिंहले जानकारी दिए ।

Sponsored

दूध भात खान दिई उनको कपडा खोलेपछि बालिका चिच्याउन थालेपछि स्थानीयले उद्धार गरेका थिए ।

महतो ५ बर्षअघि पनि गाउँकी एक बालिकासँग यस्तै किसिमको यौन दुव्र्यबहार गरेका थिए । त्यस बेला गाउँले मिलेर उनलाई ६ सय रुपैयाँ जरिवाना तिराएर छाडिएको र पुनः उनले यस्ते घटना दोहो¥याएको तिरहुत ५ का वडा अध्यक्ष रमानन्द चौधरीले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *