TodayPati

अफगानिस्तानमा आत्मघाती कार बम बिस्फोट हुँदा ३० प्रहरीको मृत्य

टुडेपाटी-
जनकपुरधाम, मंसिर १४ गते ।

अफगानिस्तानमा आइतबार आत्मघाती कार बम बिस्फोट हुँदा ३० प्रहरीको मृत्य भएको छ । यस घटनामा अन्य २० व्यक्तिहरु घाइते भएको सिन्ह्वाले जनाएको छ ।

गजनी प्रान्तको सैन्य क्याम्पमा यस आत्मघाती कार बम आक्रमण भएको बताइएको छ । प्रहरीलाई नै लक्षित गरेर यो आक्रमण गराएको हुनसक्ने आशंका गरिएको छ । आक्रमणको जिम्मा कुनै समूहले हालसम्म लिएको छैन ।

Sponsored

पछिल्लो समय विद्रोही तालिबानसँग सरकारको शान्तिवार्ता जारी छ । यद्यपी यस क्षेत्रमा तालिबान तथा सेनाबीच भिडन्त हुँदै आएको छ ।

यस घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *