मुख्य-1 राजनीति

सरकारमा रहने की छाड्ने ? विषयमा बाबुराम र उपेन्द्रबिच विवाद

काठमाडौं, जेठ २७ गते ।

सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टीभित्र दुईधार देखापरेको छ ।

सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकार छाडेर आन्दोलनमै जाने संकेत गरिरहेका छन् ।

तर, अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा छैनन् ।
भट्टराई पार्टीले उठाएका राजनीतिक मुद्दालाई स्थापित गराउन सडक आन्दोलनमै जानुपर्ने पक्षमा छन ्। यादव भने तत्काल सरकार छाड्न तयार छैनन् ।

‘बाबुरामजीमा सरकार छाडेर सडक आन्दोलनमा जानुपर्छ भन्ने दृष्टिकोण छ । तर, पार्टी अध्यक्ष यादव सरकार छाड्ने मनस्थितिमा छैनन्,’ मधेश राजनीतिका विश्लेषक भोगेन्द्र झाले भने, ‘संविधान संशोधनकै मुद्दालाई लिएर उनी सरकारबाट बाहिरिन्छन् भन्नेमा उनी निकट नेता, समर्थक र मेधशी जनतालाईसमेत विश्वास छैन ।’
यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *