ब्रेकिङ्ग राजनीति

अधिकार प्राप्तीको लागि थारु समुदायलाई लड्ने साहस जुटाउनु पर्दछ : मुख्यमन्त्री राउत

जनकपुरधाम, जेठ २७ गते ।

मुख्यमन्त्री लालबाबु राउतले सदियौ देखी विभेदमा परेको थारु समुदायलाई अधिकार प्राप्तिको लागि संघर्ष गर्नुको विकल्प नरहेको बताउनु भएको छ । 
थारु आयोगले आज जनकपुरमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले  मुलुक संघीय गणतन्त्रमा गएपनि कार्यन्वयन पक्ष इमान्दार नभएकोले संघर्ष अपरिहार्य रहेको उल्लेख गर्नु भयो । 
संघर्ष नगरे सम्म कुनै समुदायले अधिकार प्राप्त गर्न नसकेको इतिहास रहेको जिकिर गर्नु हुँदै मुख्यमन्त्री राउतले आफनो भविष्य परिवर्तनका लागि थारुहरुमा लडने साहस जुटाउन आग्रह गर्नु भयो । 
आयोग गठनमा समेत विभेद भएको बताउनु हुँदै उहाँले महिला आयोग र दलित आयोग जतिको अधिकार थारु, मधेशी, मुश्लिम जस्ता आयोगहरुलाई नदिइएको बताउनु भयो । 
समुदायको अधिकारको लागि लडदा रेशम चौधरीलाई झुठा मुद्दा खेप्नु परेको उल्लेख गर्नु हुँदै उहाँले आन्दोलनको नाउमा दशौ हजार मान्छे मार्नेहरु राज्य सत्ता संचालन गर्ने र निर्दोष रेशम चौधरीलाई जेलमा बस्नु पर्ने कहाँको न्याय हो भनि प्रश्न समेत गर्नु भयो । 
आयोग गठन हुँदैमा थारु समुदायको भविष्य परिवर्तन नहुने उल्लेख गर्नु हुँदै उहाँले आयोगलाई बल पु¥याउन समेत थारु समुदायलाई संघर्ष गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गर्नु भयो । 
मुख्यमन्त्री राउतले प्रदेश २को सरकारले सबै जात जातिलाई समान दृष्टिले हेर्ने प्रयत्न गरि रहेको उल्लेख गर्नु हुँदै प्रदेश सरकारले सबै निकायमा जनसंख्याको आधारमा प्रतिनित्वको सुनिश्चितता गरि रहेको बताउनु भयो । 
आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नं. २का थारु अगुवा, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *