ब्रेकिङ्ग राष्ट्रिय

यातायात मन्त्री महासेठ चढेको गाडी खोलामा भासियो

स्याङ्जा, जेठ २७ गते ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको दरौखोलामा भासिएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ स्थित दरौखोलामा निर्माण गरिने मोटरेबल पुलको शिलन्यास गरी फर्किने क्रममा मन्त्री महासेठको गाडी दरौ खोलामा भासिएको हो ।

बा २ झ ४०२९ नम्बरको कालो रंगको गाडी खोलामा भासेर पल्टिएपश्चात स्थानीय, नेकपाका जिल्ला नेता तथा सुरक्षाकर्मीले उठाएका थिए भने सुरक्षाकर्मीले गाडीबाट मन्त्री महासेठलाई निकालेका थिए ।

मन्त्रीलगायत गाडीमा सवार सवैजना सकुसल रहेको स्थानीयले बताएका छन् । गाडीमा सवार मन्त्रीसहित दुईजना सुरक्षाकर्मी, चालक र अन्य एकजना स्थानीय नेता रहेको बताइएको छ । उनीहरुलाई सामान्य चोट लागेको छ । गाडीलाई जेसिबीको सहायताले खोला बाहिर ल्याइएको छ ।

तस्वीर : सौजन्य :पत्रकार प्रतिक्षा काफ्ले

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

One Reply to “यातायात मन्त्री महासेठ चढेको गाडी खोलामा भासियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *