मुख्य-2 राष्ट्रिय

रौतहटमा रोकी राखेको बसमा ट्रकले ठक्कर दिँदा २ भारतीयको ज्यान गयो

रौतहट, जेठ २८ गते ।

रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा रौतहटमा दुई जना भारतीय नागरिकको ज्यान गएको छ । 

काठमाण्डौबाट भारतीय तीर्थयात्री बोकेर जनकपुरका लागि छुटेको ना ६ ख ९०३० नम्बरको बस रौतहटको चन्द्रनिगाहापुर जंगलमा रोकिराखेका बेला को १ ख २६२५ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा रहेका भारत ओडिसाका ५२ वर्षका विजयकुमार देना र ५४ वर्षका चरण विशालको ज्यान गएको हो । 

दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको विरगञ्ज र ६ जनाको चन्द्रनिगाहापुरमा उपचार भैरहेको छ । बाँकी अन्य घर फर्केको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *