ब्रेकिङ्ग राजनीति

लोकसेवा आयोगको विज्ञापन कानुन बमोजिम छैन,यो संशोधन हुनुपर्छ : प्रचण्ड

टुडेपाटी समाचारदाता–
काठमाण्डौ,जेठ २८ गते ।

तराई मधेश राष्ट्रिय परिषदको तर्फबाट सामाजिक अभियन्ता सरोज राय, संयोजक सिएन थारू, अधिवक्ता विकाश ठाकुर तथा संयुक्त विधार्थी संघर्ष समितीको तर्फबाट संयोजक देव नारायण यादव लगायतको टोलीले नेकपा अध्यक्ष पुष्प कमल दहालसंग भेटघाट गरि लोकसेवा आयोगले निकालेको विज्ञापन वारे ध्यानाकर्षण गराएका छन ।

भेटघाटमा अभियन्ता रायले नेपालको संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी सिद्धान्तको मर्म विपरित लोकसेवाको विज्ञापन रहेको हुनाले यसलाई तत्काल रोकी संशोधन गरेर सबै कलस्टरलाई मान्य हुने गरि विज्ञापन निकाल्नु पर्ने अध्यक्ष प्रचण्ड समक्ष आग्रह गरेका थिए । त्यस्तै अधिवक्ता ठाकुरले विज्ञापनमा मधेशी, आदीवासी जनजाती, दलित, अपांग, पिछीडिएको वर्गसंग बेइमानी गरेको वारे तथ्यांक सहित ध्यानाकर्षण गराएका थिए ।

संघर्ष समितीका संयोजक यादवले आफुहरू विधार्थी रहेकोले सडकमा आन्दोलन गर्दा पढाईमा असर भईरहेको हुनाले विज्ञापन चांडो सच्चिन आग्रह गरे ।

भेटघाटमा अध्यक्ष प्रचण्डलाई टोलीले १५ पृष्ठको ध्यानाकर्षण पत्र बुझाएको अभियन्ता रायले बताए । ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष प्रचण्डले लोकसेवा आयोगको विज्ञापन कानुन बमोजिम नरहेको र यसलाई संशोधन गर्न आफुहरू सकारात्मक भुमीका निभाउने आश्वासन दिएको अभियन्ता रायले बताए ।


mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *