मुख्य-2 समाज

सरसफाइ सप्ताहको अन्तिम दिन र्‍याली र जनचेतनामुलक कार्यक्रम


टुडेपाटी समाचारदाता –
सप्तरी, जेठ २९ गते ।

विश्व सरसफाइ सप्ताहको अन्तिम दिन मंगलबार सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न. ७ हाटीको दलित बस्तीमा बृहत र्‍याली तथा जनचेतनामुलक कार्यक्रम गरी मनाईएको छ ।

एसएनभि नेपाल ,सबैको लागि दिगो सरसफाइको समन्वयमा तथा सबल नेपालको आयोजनामा हाटीको दलित बस्तीमा दलित समुदायहरुसँग छलफल ,अन्तरक्रिया र जनचेतनामुलक कार्यक्रमका साथै बृहत र्‍याली समेत प्रद्धर्शन गरेका थिए ।

छिन्नमस्ता गाउँपालिका वडा न. ७ का वडाअध्यक्ष बिन्देश्वर यादवको नेतृत्वमा निकालिएको सो बृहत र्‍यालीमा वडा सदस्य भुपेन्द्र यादव ,समाजसेवि एवं राजपा नेपालका श्यामसुन्दर रजक ,यूवा पत्रकार शुभ नारायण यादव ,सबल नेपालका स्थानीय कर्मचारी देबेश चौधरी ,अनिता यादव ,दलित महिला वडा सदस्य सिता देवी सदा ,दलित अगुवा तेतर सदा ,राजकुमार सदा ,महिला नेतृहरु खटरीदेवी सदा,गुलाब देवी सदा लगायतकाहरुले आफनो बस्तीलाई निकट भविष्यमा पूर्ण सरसफाई युक्त बस्ती घोषणा गर्ने सामूहिक रुपमै प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *