ब्रेकिङ्ग राष्ट्रिय

महोत्तरीको जनता माविका अतिक्रमणमा परेको जग्गा आफ्नो स्वमित्वमा

महोत्तरी, जेठ २९ गते ।
महोत्तरीको बर्दिबास नगरपालिका वडा नं २ स्थिति जनता माध्यमिक विद्यालयले अतिक्रमणमा परेको जग्गा मंगलबार बिद्यालयले आफ्नो स्वमित्वमा लिएको छ । बर्दिबास नगरपालिका वडा नं ८ हाथिलेटको १५ नम्बर बहादुर गञ्ज १ (ख) कित्ता नं ५६ मा पर्ने १३ कट्ठा साढे सात धुर जग्गा स्काइभेर प्रयोग गरेर साँध सिमाना छुट्याई प्रहरी प्रयोग गरेर नियन्त्रणमा लिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोकाअनुसार तात्कालीन समयमा हालको बर्दिबास नगरपालिका वडा नं २ घर भएका प्रजापति भट्टराईको नाममा रहेको सो जग्गा होतनाथ तिमल्सिना र उनका भाई मणिराज तिमल्सिनाले भोगचलन गर्न नदिएपछि बाध्य भएर विद्यालयको नाममा चन्दास्वरुप २०३० सालभन्दा अघि नै रजिष्टेशन पास गरिदिएको बताए । उनी सोही जग्गाको पीरले २२ बर्षअघि बर्दिवासबट सुनसरीको चतरा झुम्का भन्ने ठाउँमा बसाइ सरेर गएका थिए ।

विद्यालयको हालको नयाँ समिति २०७३ भदौ २७ गत्त चयन भएपछि विद्यालयको चलअचल सम्पतिको व्यापक खोजी भयो । त्यसैक्रममा सो जग्गा विद्यालयको नाममा रहेको तथ्य जिल्ला मालपोत कार्यलय जलेश्वबाट खुल्न आएपछि विद्यालयले सो जग्गा आफ्नो मातहतमा लिएको हो ।

महतोका अनुसार विद्यालयको स्वामित्वमा रहेको उक्त जग्गा भोगचलन गर्दै आएका तिम्लसिना दाजुभाइलाई नयाँ समितिले पटक(पटक तीन वर्षदेखि पत्रचार गरेपनि अटेर गर्दै आएकोले आफूहरुले बाध्य भएर बल प्रयोग गर्नुपरेको बताए । सो जमिनमा आँपको बोट,उखु,मकै जस्ता नगदेबाली लगाएर वर्षौदेखि उनीहरुले भोग चलन गर्दै आएका थिए ।

यता,तिमल्सिना दाजुभाइका अनुसार विद्यालयको स्वमित्वमा रहेको भनिएको उक्त जग्गा वर्षौ सम्म पनि विद्यालयले खोजी नगरेको र आफूहरुलाई उक्त जग्गा विद्यालयकै हो भन्ने तिन वर्ष अघि सम्म थाहा भएको बताए ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *