TodayPati

रौतहटमा एक पुरुषको शव फेला

टुडेपाटी-
रौतहट, मंसिर १५ गते ।

रौतहटमा एक पुरुषको शव फेला परेको छ । माधवनारायण नगरपालिका ४ बिसुनपुर्वा मानपुरमा वडा नं. ५ मिठुअवाका ४५ वर्षीय दशै रामको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा मुखबाट रगत बगेकोले कुटपिट वा अन्य कारणले मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । राम गाँउघरमा देखाइने नाच प्रोगाममा काम गर्ने गरेका थिए ।

Sponsored

मृतक रामको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर लागिएको तथा घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *