TodayPati

बर्दिवास बालिका हत्या र गोलीकाण्ड : प्रहरीले थाल्यो सुक्ष्म अनुसन्धान

टुडेपाटी-
महोत्तरी, मंसिर १५ गते ।

महोत्तरीमा ६ वर्षीया बालिका गुलाब्सा खातुनको हत्या प्रकरणको सुक्ष्म छानबिन सुरु भएको छ । बर्दिबास नगरपालिका–१४ शुभम् बस्तीकी ६ वर्षीया खातुन हत्या र त्यसबाट भएको गोली काण्डमा मारिएका संजय न्यौपाने घटनाको अनुसन्धान सुरु गरिएको हो ।

बालिका हत्या आरोपमा पक्राउ परेकासँग आइतबार प्रहरीले प्रारम्भिक बयान लिएको छ । ‘मृतक बालिकाको भेजिनाको स्वाब परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएका छौं,’ जिल्ला प्रहरी कार्यालयका एसपी टिका केसीले भने,‘ अभियुक्तसँग प्रारम्भिक बयान लिन सुरु गरेका छौं।’ पोस्टमार्टम रिर्पोट, अभियुक्तसँगको बयानले घटनाबारे थप कुरा खुल्ने उनले बताए ।

प्रादेशिक अस्पताल जनकपुरमा मृत बालिकाको शवको पोस्टमार्टम गरिएको थियो । अपहरण, शरिर बन्धक, जर्बजस्तीकरणी र कर्तव्य ज्यान गरि चार शीर्षकमा पीडित परिवारले अभियुक्त विरुद्ध प्रहरीमा शुक्रबार उजुरी दिएका थिए । घटनाको अनुसन्धान गर्न प्रहरीले अभियुक्त अरुण साहलाई अदालतमा पेश गरेर गत मंगलबार ८ दिनको म्याद लिएको थियो ।

Sponsored

महोत्तरीको बर्दिबास–१४ शुभम् बस्तीकी ६ वर्षीया गुलाब्सा खातुनको हत्यापश्चात उनको हत्या गरे झाडीमा शव फालिएको थियो। ‘छोरीलाई पापीले बलात्कार गरेर हत्या गरेको हो । त्यसलाई फाँसी दिनु पर्छ,’ मृतक बालिकाका बुवा शहिद आलमले भने ।

मंसिर ७ गते साँझ आरोपीले बालिका अपहरण गरेका थिए । आरोपीको पसलमा चकलेट किन्न गएको बेला उनले नियन्त्रणमा लिएका थिए । पसल पछाडीको कोठामा कुकर्म गरेर हत्या गरेको भन्दै दोषी उपर कडा कारवाहीको माग गर्दै आन्दोलन चर्किएको थियो । 

प्रदर्शनमा ढुङ्गामुढा र प्रहरी विटमा आगजनी गरेको भन्दै आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको थियो । मंसिर ८ गते प्रहरीको गोली लागेर घाइते सञ्जय न्यौपानेको उपचारको क्रममा उनको मृत्यु भएको थियो।आन्दोलनमा गोली लागेर घाइते भएका अर्का श्याम कार्की काठमडौंमा उपचार भइरहेको छ । उसको अवस्था सुधारउन्मुख छ ।

Sponsored

आरोपीले बालिकाको दबाउन हत्या पश्चात घरमै बोरामा प्याक  राखेका थिए । मंसिर ८ गते राति अर्काको घर पछाडिको झारीमा उनले शव फालेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *