मुख्य-1 राजनीति

लोकसेवा विज्ञापन विरुद्ध काठमाडौंमा आदिवासी जनजाति र मधेशीको प्रदर्शन

काठमाडौं, जेठ २९ गते ।

लोकसेवा आयोगले स्थानीय तहको लागि गत जेठ १५ गते निकालेको विज्ञापनको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन भएको छ । विज्ञापन सच्याउन माग गर्दै आदिवासी जनजाति तथा मधेशी निकट विभिन्न संगठनको नेतृत्वको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो ।

प्रदर्शनका क्रममा उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको राजिनामा मागेका छन् । उनीहरुले विज्ञापन असमावेशी रहेको भन्दै त्यसलाई खारेज गर्न वा सच्याएर पुनः प्रकाशन गर्न समेत माग गरेका छन् ।


बुधबार बिहान भने लोकसेवाको विज्ञापनको पक्षमा माइतिघर मण्डलामा प्रदर्शन भएको थियो । अपराह्न भएको बिरोध प्रर्दशनमा सहभागी सरोज रायले लोकसेवाले विज्ञापन खोल्दा महिलाका लागि आरक्षण सिट राम्रो राखेपनि आदिवासी मधेसी, उत्पीडित वर्गका लागि भने विभेद गरेको बताए ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

One Reply to “लोकसेवा विज्ञापन विरुद्ध काठमाडौंमा आदिवासी जनजाति र मधेशीको प्रदर्शन

  1. एक चोटी लोक्सेवाअयोगको तयारी गर्ने बिधार्थिहरूले पढ्नै पर्ने

    मधेसी,जनजाती,दलित तथा आधिवाशिहरुकोलागी संविधानले सुनश्चित गरिएको कोटामा सरकारको हस्तक्षेप,किन ?जवकि
    मुलुकको कुल जनसंख्या मध्ये ५०% प्रतिशत व्यक्ति मधेशमा बसोबास गर्छन तर दुःखद पुरै मधेशमा हेर्दा लोकसेवा आयोगको एक वटा मात्र लोकसेवाको कार्यालय जलेश्वरमा छन् । जबकी जनसंख्याको हिसाबले हेर्दा आधा कार्यालय तराईमा हुनुपर्ने “सबैमा जानकारी गर्नलै सक्दो सेयर गरिदिनुहोला |
    https://sammar4u.blogspot.com/2019/06/blog-post_11.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *