TodayPati

प्रदेश २ :चक्कु प्रहार गरी नन्द किशोरको हत्या, चक्कु सहित हत्यारा प्रहरीको फन्दामा

टुडेपाटी

जनकपुरधाम, मंसिर १६ गते ।

चक्कु प्रहार गरी रौतहटमा एक युवकको हत्या भएको छ ।

Sponsored

छिमेकी १९ वर्षीय रवि रामको चक्कु प्रहारबाट गम्भीर घाइते भएका रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय नन्दकिशोर रामको उपचारको क्रममा गएराति मृत्यु भएको हो।

घाइते नन्दकिशोरलाई एपोलो अस्पताल चन्द्रपुरमा उपचार गर्न लगिएकोमा उनको गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

सोमबार बेलुकी आफ्नी काकी ललिता देवीलाई छिमेकी लाले रामले मादक पदार्थ सेवन गरी गालीगलौज गरेकोमा नन्दकिशोरले पनि लाले रामकै पक्ष लिएको भन्दै भनाभन भएको थियो।

Sponsored

झै झगडा शान्त भइसकेको केही वेरमा भान्छाको चक्कु लगेर रविले नन्दकिशोरको पेटमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले गए राति नै चक्कु प्रहार गर्ने रविलाई नियन्त्रणमा लिएको थियो।

घटनास्थलबाट चक्कु बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *