मुख्य-2 समाज

सिरहाबाट कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

टुडेपाटी समाचारदाता –
सिरहा, जेठ ३० गते ।

सिरहाबाट अपहरण तथा शरिर बन्धक गरी कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ परेको छ । औराही गाउँपालिका २ वस्ने गंगाराम मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको छ ।


गत २०७५ साल मंसिर ८ गते सिरहाको धनगढीमाई नगरपालिका ६ का सुभाष कुमार यादवलाई अपहरण गरी भारतको मधुवनी भुतही बलान तट्बन्ध नजिक लएर गोली हानी सख्त घाईते बनाई घट्ना पश्चात फरार रहेका २१ बर्षीय खत्वेलाई सिरहा नगरपालिका ७ बाट लुकिछिपी वसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जेठ २८ गते पक्राउ गरेको हो ।


गोली लागि गम्भिर घाईते भएका सुभाषको उपचारको क्रममा भारतको बिहार स्थितमा रहेको पिएमसीएच मेडिकल कलेजमा २०७५ साल मंसिर ९ गते मृत्यू भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *