मुख्य-2 समाज

महोत्तरीमा टिपरले अढाई वर्षीय बालक किचे, अवस्था गम्भीर

टुडेपाटी समाचारदाता
महोत्तरी, जेठ ३१ गते ।

महोत्तरीमा टिपरले किच्दा अढाई वर्षीया बालक गम्भीर घाइते भएका छन् । महोत्तरीको भंगहा नगरपालिका ४ पलारटोलका विनोद सरदारका अढाई वर्षीय छोरा ओम सरदार गम्भीर घाइते भएका हुन् ।

शुक्रबार विहान रातुखोलाबाट बालुवा लिएर तिव्रगतिमा फर्किदै गरेको ना १ क ९४२६ नम्बरको ट्रिपर सडकमा खेल्दै गरेका बालकार्लाइ किचेको हो ।

शरीरको आधभाग किचिएर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि काठमाडौं लगिएको छ । घटना पश्चात चालक फरार भएका छन् भने टिपर स्थानीयले नियन्त्रणमा लिएका छन् । फरार चालकको खोजविन गरिरहेको प्रहरीले जनाएको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *