मुख्य-2 समाज

रौतहटमा प्रहरीको पेस्तोल लुट्ने ९ वर्षपछि पक्राउ

रौतहट, जेठ ३१ गते ।
रौतहटमा ९ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । रौतहटको वृन्दावन नगरपालिका १ रमौली बस्ने दीपेन्द्र सहनी भन्ने रोहित सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


इलाका प्रहरी कार्यालय, हर्कटवा, सर्लाहीबाट प्रनानि लवजंग चौहानको कमाण्डमा खटिई गएको प्रहरी टोली र भूमिगत तराई मुक्ति मोर्चाका ५ जनाको समूहमा रहेका हतियारधारी समूहबीच सर्लाहीको साबिक भवानीपुर गाविस ३ स्थित सुकमारीमा भएको झडपमा सहनीले २०६७ साल मंसिर १७ गते प्रहरीको चाइनिज पेस्तोल लुटी भागेका थिए । ठूलो चाइनिज पेस्तोल लुटी फरार रहेका सहनीलाई कर्तव्य ज्यान मुद्दा चलाइएको थिये ।

अभियुक्त सहनीलाई जिप्रका रौतहटको क्राइम इनभेस्टीकेशन टिम विशेष कोभर्ट अपरेशन टोलीले पक्राउ गरेको थियो ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *