मुख्य-2 राष्ट्रिय

महोत्तरीमा टिपरले किचेर गम्भीर घाइते बनाएको बालकको ज्यान गयो

टुडेपाटी समाचारदाता
महोत्तरी, जेठ ३१ गते ।

महोत्तरीमा टिपरले किच्दा गम्भीर घाइते भएका अढाई वर्षीय बालकको ज्यान गएको छ । महोत्तरीको भंगहा नगरपालिका ४ पलारटोलका विनोद सरदारका अढाई वर्षीय छोरा ओम सरदारको टिपरले किचेपछि ज्यान गएको हो ।

शुक्रबार विहान रातुखोलाबाट बालुवा लिएर तिव्रगतिमा फर्किदै गरेको ना १ क ९४२६ नम्बरको ट्रिपर सडकमा खेल्दै गरेका बालकार्लाइ किचेको थियो ।
झण्डै शरीरको आधभाग किचिएर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको परिवारजनले जनाएको छ ।
घटना पश्चात चालक फरार भएका छन् भने टिपर स्थानीयले नियन्त्रणमा लिएका छन् । फरार चालकको खोजविन गरिरहेको प्रहरीले जनाएको छ ।

महोत्तरीमा टिपरले अढाई वर्षीय बालक किचे, अवस्था गम्भीर

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *