TodayPati

सिरहामा लागुऔषधसहित दुई युवक सशस्त्र प्रहरीको फन्दामा

टुडेपाटी-
सिरहा, मंसिर २० गते ।

सशस्त्र प्रहरीले लागुऔषधसहित सिरहाबाट दुई युवकलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका– १७ स्थित दशगजा क्षेत्रबाट सिरहाकै नरहा गाउँपालिका– ३ निवासी ३२ वर्षीय मो. रहसुन र कर्जन्हा नगरपालिका– ४ निवासी २० वर्षीय राकेशकुमार शर्मालाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

भारतीय बजार तर्फबाट आइरहेका दुवै जनालाई शङ्का लागेर जाँच गर्दा शरीरमा लुकाइछिपाइ ल्याइरहेको लागुऔषध नाइट्रोभेट ट्याब्लेट ३० पत्ता बरामद भएपछि पक्राउ गरिएको सशस्त्र प्रहरी सीमासुरक्षा बल माडरका सशस्त्र प्रहरी निरीक्षक अर्जुन कुँवरले जानकारी दिए ।

Sponsored

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय माडरमा बुझाइने उनले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *