TodayPati

महोत्तरीमा स्कूल बसले मोटरसाइकललाई ठक्करदिँदा चालकको मृत्यु, एक घाइते

टुडेपाटी-
जनकपुरधाम, मंसिर २२ गते ।

महोत्तरीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक बालक घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका–३ बस्ने १९ वर्षीय चालक अमित यादवको मृत्यु भएको हो । घाइते ८ वर्षीय बालक नविन यादवको अस्पतालमा उपचार हुँदै छ ।

Sponsored

सोमबार बिहान पिपरा गाउँपालिका–१ सडकमा ना १ क ४८०५ नम्बरको स्कुल बसले ज ५ प २२२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका यादवको उपचारको क्रममा जिल्ला अस्पताल जलेश्वरमा मृत्यु भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *