TodayPati

जनकपुर लगायत मधेशमा जाडो बढ्यो, बिहानैदेखि बाक्लो हुस्सु

टुडेपाटी-
जनकपुरधाम , मंसिर २४ गते ।

तराई मधेशमा जाडो बढेको छ । बुधबार बिहानैदेखि अचनक जनकपुर लगायत तराई मधेशमा बाक्लो हुस्सु लागेको छ ।

चिसोबढ्दै जाँदा जनकपुर लगायत तरााईका जिल्लाहरुको जनजीवन कष्टकर बन्दै गएको छ । बाक्लो जाडो र बाक्लो हुस्सुको कारण जनकपुर बजारमा चहल पहल घटेको छ ।

Sponsored

चिसोका कारण खासगरी बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित भएका छन् ।

चिसोबढेसंगै जनकपुरको कपडा पसलहरुमा न्यानो कपडा किन्ने सर्वसाधारणको भीड बढेको छ । गाउँघरमा चिसो छल्न सर्वसाधारणले आगोको घुर बालेर ताप्ने गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *