TodayPati

सर्लाहीमा कपडा गोदाममा आगलागी हुँदा एक करोडको क्षति

टुडेपाटी-
सर्लाही, मंसिर २९ गते ।
सर्लाहीको हरिवन नगरपालिकामा आइतबार राति कपडा गोदाममा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

वडा नं ११ स्थित बजारमा रहेको कैलाश साह र सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गरेको कपडा पसलमा आगलागी हुँदा एक करोडभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

राति १२ बजेर ४० मिनेटमा कपडा गोदाम र पसलमा आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा सोमबार बिहान साढे २ बजे आगो नियन्त्रणमा आएको थियो ।

Sponsored

घरका सामान आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने यकिन हुन सकेको छैन ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *