मुख्य-1 विविध

जनकपुरका स्वर्गद्वारी निर्माता पवन सिंहानियार्लाइ बदनाम गराउन खोज्नेहरुलाई सानो सुझाव

शैलेन्द्र क्रान्ति (पत्रकार )

शैलेन्द्र क्रान्ति (पत्रकार ) 

सार्वजनिक पद धारण गरेको व्यक्तिले करोडौ भ्रष्टाचार गरेर अकुत सम्पति कमाएर महल ठड्उँदा ध्यान नदिने हामी जव कुनै व्यक्ति आफ्नो सारा काम त्यागेर भिक्षा जस्तो व्यक्ति र संस्थाहरुबाट पैसा- पैसा सहयोग मागेर दिउँसै डर लाग्ने जनकपुरधामको एक स्थानको फोहोरको थुप्रोमा मानिसहरुलाई रमाउने एउटा सुन्दर र आकर्षक धर्मिक बँर्गैचा, मानिसको मृत्यु वरण भएपछि शरीर जलाउने ठाउँ स्वर्गद्वारी बनाउँछन् । उनले राजनीति गर्ने स्वार्थ समेत राख्दैनन् ।

ती व्यक्ति समाजका नजरमा एक प्रतिष्ठित व्यक्ति बन्छन् । उदाहरणीय र प्रेरणका श्रोत बन्छन् । उनको जहाँ पनि तारिफ हुन्छ । तव त्यस्ता व्यक्तिलाई बद्नाम गर्न केहि व्यक्तिहरु प्रपञ्च सुरु गर्छन् । म कुरा गर्दैछु जनकपुरको स्वर्गद्वारीको । टाका टाका भिक्षा जस्तै सहयोग मागेर फोहोरको थुप्रोमा स्वर्गद्वारीको निर्माण गर्नु हुने आदरणीय समाजसेवी पवन सिंहानियाको ।

मलाई उहाँसंग केहि लिनुपनि छैन र दिनु पनि । तर उहाँको त्यो कार्यबाट म निकै प्रभावित छु । दशक बढी लगाएर अथक मिहिनेत र प्रयासबाट त्यस्तो कार्य गर्नु हुने सिंहानियाबाट प्रेरण लिनु पर्ने हो । तर केहि कुतत्वहरु उहाँलाई बद्नाम गर्न कहिले कता कताको हिँसाब माग गर्दै छन् । जनकपुर नै त्यस्तो ठाउँ हो जहाँ हजारौ विघा मन्दिर, कुट्टी र गुठीको जग्गा बेचिएको छ । कति धार्मिक र ऐतिहासिक महत्वका सरोवरहरु अतिक्रमण भएको छ । विकासको लागि वर्षेनी आउने अर्बौ रुपैयाँ भ्रष्टाचार भइरहेको छ । कतिपय सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले भ्रष्टाचार गरी अकुत सम्पति कमाएका छन् । के यस्ता प्रवृतिहरुको विरुद्धमा बोल्ने, हिँसाब माग्ने साहस छैन तिनीहरुमा ।

म खुल्ला चुनौती दिन्छु, यदि हिम्मत छ भने त्यस्ता भ्रष्टहरुलाई नांगेझार गर्नुस् । म
तपाईहरुको अभियानमा सहयोग गर्छु । हैन भने स्मरण रहोस् जुन हिँसाबले एउटा उदाहरणीय व्यक्ति पवन सिंहानियालाई बद्नाम गर्ने प्रपञ्च गर्दै हुनु हुन्छ तपाईहरु आफै एकदिन नांगो हुनु हुनेछ । यदि अहिले समाजसेवी पवन सिंहानिया केहि गलत क्रियाकलाप हुनुहुन्छ भने तपाईहरु प्रमाण स्वरुप आगाडी बढ्नुस् मेरो साथ समर्थन रहन्छ । तर आफ्नो व्यक्तित्व पनि राम्ररी नियाल्नु होला म कस्तो व्यक्ति छु ।

एउटा भनाई पनि छ ‘ बाँदरले नत आफ्नो घर बनाउँछ र नत अरुको घरलाई बाँकी राख्छ’ । यस्तै प्रवृति तपाईहरुमा छ भने मेरो भन्नु केहि छैन । यस्तै प्रवृति रहने हो भने भोलीका दिनमा निःस्वार्थ रुपले समाजका लागि राम्रा एवं उदाहरणीय काम गर्नेहरुको मनोवल टुट्ने
छन् । र निःस्वार्थ समाज सेवालाई अपराध ठानिन्छ । त्यसैले राम्रा व्यक्तिहरुलाई निरुत्साहित गर्ने कामहरु बन्द होस् ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *