TodayPati

जनकपुरमा यस्तो छ विवाहपञ्चमीको रौनक (फोटो/भिडियो)

टुडेपाटी-
जनकपुरधाम, पुस ४ गते ।

जनकपुरमा आज धुमधामसंग विवाहपञ्चमी महोत्सवमा मनाइँदै छ । सप्ताहाव्यापी रुपमा मनाइने विवाहपञ्चमीको छैठौं दिन आज राम र सीताको विवाहको कार्यक्रम रहेको छ ।

जस अन्तगर्त दिउँसो बाह्रविघा मैदानमा राम र सीताको डोलाफेर गरी स्वयम्बर गरिएको छ भने साँझदेखि जानकी मन्दिर प्रांगणमा विवाहको काज सुरु हुने छ ।

Sponsored

गत वर्षको तुल्नामा यसपटक खासै तयारी नगर्दा श्रद्धालुभक्तजनको सहभागिता कम रहेको छ । यधपि आस्था एवं श्रद्धाको महापर्व विवाहपञ्चमीमा सहभागि हुन हजारौंको संख्यामा तीर्थ यात्री सहभागि भएका छन् ।

दिउँसो सोयम्बर हेर्न बाह्रविघाममा श्रद्धालुको घुइँचो लागेको थियो । जानकी मन्दिरमा विहानैदेखि भक्तजनको भीड लागेको छ । भोलि रामकलेवा गरी विवाहपञ्चमी विधिवत सम्पन्न हुने जानकी मन्दिरमा महन्त रामतपेश्वर दासले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *