मुख्य-1 राष्ट्रिय

महोत्तरीमा डुबेर २० जनाको मृत्यु

रञ्जन भण्डारी –

महोत्तरी, असार २४ गते ।

चालु आर्थिक वर्षको जेष्ठ अन्तिमसम्म महोत्तरीमा डुवेर २० जनाको मृत्यु भएको छ ।  २० जनामध्ये १५ जना बालबालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांकमा उल्लेख छ । मृत्यु भएका बालबालिका मध्ये बालिका ८ र बालक ७ रहेका छन् । उनीहरुको उमेर न्युनतम १० महिना देखि अधिकतम १० वर्ष रहेको छ । प्रहरीको तथ्यांक अनुसार एक वृद्ध, एक वृद्धा र तीन वयस्क पुरुषको समेत डुवेर मृत्यु भएको छ ।

पोखरीमा डुब्ने धेरै

मृत्यु भएका मध्ये १२ जना पोखरीमा डुबेका छन् । अधिकांश बालबालिकाको पोखरीमा नुहाउने क्रममा र छेउमै खेल्दै गर्दा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।  यता मानसिक अवस्था ठिक नभएका एक ५८ वर्षीय पुरुषको पनि पोखरीमा डुवेर  मृत्यु भएको छ भने एक मानसिक अवस्था ठिक नभएकि वृद्धा महिलाको समेत पोखरीमै डुवेर मृत्यु भएको छ । यसैगरी एक पुरुषले पोखरीमै हाम फालेर आत्म हत्या गरेको प्रहरी तथ्यांक उल्लेख गरिएको छ ।

अभिभावक दोषी 

अभिभावकले आफ्ना बालबालिकाको वेवास्ता गर्नाले धेरै बालबालिकाको डुवेर मृत्यु भएको देखिन्छ । नदी र पोखरीमै ३ वर्ष देखि १० वर्षका बालबालिका  नुहाउन  जाँदा अभिभावकको उपस्थिति देखिएन । आफ्नो बालबालिका कहाँ छन् र के गर्दैछन् भन्ने हेक्का नहुँदा अनाहकमा बालबालिकाको ज्यान गएको देखिन्छ । 

यता दुई बालबालिकाको भने घरमै पानी भरेर राखेको भाँडोमा डुबेर मृत्यु भएको छ । बालबालिकाको पहुँच त्यस्तो भाँडोसम्म पुग्नु र यस्ता कुराको हेक्का अभिभावकलाई नहुनु बाबु आमाकै दोष देखिन्छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *