ब्रेकिङ्ग राजनीति

प्रदेश २ मा असारे विकास, २३ दिनमै स्वाहा गर्यो साढे ४ अर्ब

रोहित महतो –

जनकपुरधाम, असार २५ गते ।

वर्षभरि कर्मचारी अभावको कारण देखाउँदै विकास बजेट खर्च गर्न नसकेको प्रदेश २ सरकारले असार महिनामा प्रत्याशित रकम खर्च गरेको पाइएको छ। असारको २३ दिनमै विकास बजेटको ११ प्रतिशत रकम खर्च गरेको हो। आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा झण्डै १३ प्रतिशत विकास बजेट खर्च गरेको प्रदेश सरकारले २३ दिनमा पुँजीगत बजेटको ४ अर्ब ३१ करोड ३२ लाख ३८ हजार रुपैँया खर्च गरेका प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ।

आर्थिक वर्षको जेठ मसान्तसम्म प्रदेश सरकारले कुल चालु बजेटको ३०।२२ र पुँजीगततर्फ १३।०५ प्रतिशत मात्र खर्च गरेको हो । सरकारले ११ महिना अवधिमा कुल चालु बजेटको ३ अर्ब ३७ करोड १ लाख २२ हजार ५ सय ४६ रुपैँया खर्च गरेको छ भने पुँजीगततर्फ ५ अर्ब ७३ करोड ३३ लाख ५८ हजार ७ सय ५७ रुपैँया खर्च गर्न सकेको छ ।
आर्थिक वर्ष ०७५र७६ मा धनुषामा चालुतर्फ ३७।३३ प्रतिशत अर्थात् २ अर्ब ८१ करोड ८५ लाख ५९ हजार ८ सय ४७ रुपैयाँ खर्च भएको छ भने पूँजीगततर्फ १४।२५ प्रतिशत अर्थात् १ अर्ब १६ करोड ८३ लाख ५३ हजार ४ सय २९ रुपैयाँ खर्च भएको छ ।


चालू खर्चअन्तर्गत सिरहामा ४७।४० प्रतिशत अर्थात् ३४ करोड ६१ लाख ७२ हजार ८ सय ७५ रुपैयाँ र पुँजीगततर्फ २८।२१ प्रतिशत अर्थात् ५२ करोड १९ लाख ३५ हजार ६ सय ९ रुपैयाँ खर्च भएको छ । सप्तरीमा चालुतर्फ बजेटको ४५।८५ प्रतिशत अर्थात् २२ करोड ३ लाख ९२ हजार ९ सय १० रुपैयाँ खर्च गरेको छ भने पुँजीगत तर्फ ३४।८२ प्रतिशत अर्थात् ३८ करोड ४३ लाख ४९ हजार ६१ रुपैयाँ खर्च गरेको छ । पर्सामा चालुतर्फ बजेटको ५३।७२ प्रतिशत अर्थात् ५२ करोड ८४ लाख ७१ हजार २९ रुपैयाँ र पुँजीगततर्फ ३० प्रतिशत अर्थात् ७५ करोड ४३ लाख ३३ हजार १ सय २६ रुपैयाँ खर्च भएको छ । रौतहटमा चालुबजेटको ४५।०७ प्रतिशत अर्थात् ३४ करोड १ लाख ८ हजार ८ सय २० रुपैयाँ खर्च भएको छ भने पुँजीगतर्फ ३४।३२ प्रतिशत अर्थात् ५८ करोड ११ लाख ९१ हजार ६ सय १८ रुपैयाँ खर्च भएको हो ।


यस्तै बारामा चालु बजेटको ५२।८९ प्रतिशत अर्थात् १६ करोड ९५ लाख १५ हजार ५ सय २३ रुपैयाँ र पुँजीगततर्फ बारामा ५१।२० प्रतिशत अर्थात् ३९ करोड ३६ लाख २७ हजार ६ सय २९ रुपैयाँ खर्च भएको तथ्याङक छ । महोत्तरीमा चालुतर्फ ५८।७० प्रतिशत् अर्थात १२ करोड ९८ लाख ७८ हजार १ सय ५५ रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ ४२।२४ प्रतिशत अर्थात् ३२ करोड ७९ लाख ५३ हजार ६ सय ३९ रुपैयाँ खर्च भएको हो ।

सर्लाहीमा चालुतर्फ बजेटको ४७।८८ प्रतिशत अर्थात् १४ करोड ४४ लाख ९१ हजार ३ सय ८० रुपैयाँ खर्च भएको छ भने पुँजीगततर्फ ४२।२४ प्रतिशत अर्थात् ३२ करोड ७९ लाख ५३ हजार ६ सय ४८ रुपैयाँ खर्च भएको हो । प्रदेश लेखा नियन्त्रक विनोद गेलालका अनुसार सशर्तको ९ अर्ब १८ करोड रुपैयाँ बजेट रहेकामा जेठ १५ गतेसम्म करीब ४ अर्ब रुपैयाँको हाराहारीमा खर्च भएको थियो । कुन मन्त्रालयले कति रकम खर्च गरेको विषयमा उनले ती हिसाब निकाल्न बाँकी रहेको बताए ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *