TodayPati

प्रधानमन्त्री ओलीको तानाशाही शासनको विरोधमा पुर्व माओवादीका ५ मन्त्रीले राजीनामा दिँदै

टुडेपाटी

जनकपुरधाम, पुस ५ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको बैठकमा संसद विघटनको सिफारिस गरेको विरोधमा ५ जना मन्त्रीले राजीनामाको तयारी गरेका छन् ।

Sponsored

पुर्व पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका ५ जनाले सामूिहक राजीनामा दिने तयारी गरेका हुन् ।

स्रोतका अनुसार उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारीमा छन् ।

ती मन्त्रीहरु प्रधानमन्त्री ओली तानाशाही शासन चलाउन खोजेको निष्कर्षमा पुगेका छन् ।

Sponsored

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका मन्त्रीहरुले भने राजीनामा दिने नदिने टुंगो भएको छैन ।

माओवादी खेमाबाटै गृहमन्त्री रहेका गृहमन्त्री राम बहादुर थापा बादलले प्रधामन्त्री ओलीको गुटमा सामेल भएको चर्चा चलिरहेपनि उनले अफ्नो खेमा प्रष्ट पारेका छैनन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *