मुख्य-1 राजनीति

रामायण सर्किटको पूर्वाधार विकासका लागी प्रदेश सरकार तत्पर : मुख्यमन्त्री राउत

नितेश यादव –

जनकपुरधाम, असार २५ गते ।

रामायण सर्किटको पूर्वाधार विकासका लागि प्रदेश सरकार तत्पर रहेको मुख्यमन्त्री राउतले बताएका छन् । बुधबार जनकपुरमा एक कार्यक्रमको बीच बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले आयोजना गरेको ‘इन्टरनेसनल कन्फरेन्स अफ रामायण सर्किटको पूर्वाधार विकास’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यस क्षेत्रको पर्यटकीय विकासमा कोसेढुंगा साबित हुने सम्भावना बोकेको रामायण सर्किटको पूर्वाधार विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

रामायण सर्किट धार्मिक पर्यकीय क्षेत्र मात्र नभई नेपाल र भारतबीचको सम्बन्धका साथै त्रेतायुगीन सभ्यताको झझल्कोसमेत दिने भएकाले दुवै देशका केन्द्रीय सरकारलाई अग्रसर हुन आग्रहसमेत गरे । नेपाल र भारतको सम्बन्ध राजनीतिक मात्र नभई परापूर्वकालदेखि चल्दै आएको जनजनको सम्बन्ध रहेको चर्चा गर्दै उनले यसलाई राजनीतिक सीमांकनले छेक्ने काम कहीँ–कतैबाट हुनु नपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री राउतले करोडौँ हिन्दूहरूको आस्थाको केन्द्र जानकी मन्दिरका साथै यस क्षेत्रको विकासमा केन्द्र सरकारले अझै ध्यान दिन नसकेको गुनासो गर्दै प्रदेश सरकारले आफ्नो बुताले भ्याएसम्म जानकी मन्दिरलाई विश्वमा चिनाउने कार्यलाई अघि बढाएको समेत बताउनुभयो ।

त्यस्तै कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले जनकपुर क्षेत्रको विकासका साथै धनुषाधामको विकासमा सहयोग गर्न भारत सरकारलाई आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, विशिष्ट अतिथि उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश राय, भारत सरकारका पूर्वमन्त्री डा. सञ्जय पासवान, रामायण सर्किटका अध्यक्ष डा. रामवतार शर्मा, प्रदेश सभा सदस्य रामअशिष यादव, साधवी हेमलता सहितको उपस्थिति थियोे ।

mm
नितीशकुमार यादव
उहाँ टुडेपाटीका धनुषा प्रतिनिधि हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *