ब्रेकिङ्ग समाज

जनकपुरका बृजनन्दनका परिवार समाजबाट बहिष्कृत, न्याय माग्न पुगे अदालत

टुडेपाटी समाचारदाता-
जनकपुरधाम, असार २५ गते ।

जनकपुरधाममै स्वजातीबाट एक परिवार समाजिक बहिष्कृत भएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने बृजनन्दन प्रसाद साहको परिवार समाजिक बहिष्कृतमा परेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालका पूर्व सांसद दिनेश प्रसाद साहको रोहबरमा कलवार स्वजातीको सभाबाट अनुशासनहीनको आरोप लगाउदैँ बृजनन्दन प्रसादका परिवारलाई स्वजातिबाट बहिष्कार गरेका हुन् ।
ज्वाई विजय साह र छोरी सरिता साहको विवादको कारणले स्वजातिको कुरा नमानेपछि बृजनन्दनप्रसादको परिवार बहिष्कारमा परेका छन् । अमेरिकाका नागरिक हुनुपूर्व जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ४६ वर्षिय विजय साहले आफ्नो नाममा रहेको पुर्खौली जग्गा जमिन लगायत सरसम्पति उनले आप्mना ससुरा बृजानन्दन प्रसाद साहलाई गुपचुप रुपमा बेचेको र लामो समयपछि आफ्नो जग्गा जमिन रहेको दावी गर्न थालेपछि विवाद चर्केको थियो ।

ज्वाई विजय साह र छोरी सरिता साहसंग अमेरिकामै घरायसी कारणले झै–झगडा पछि जनकपुर आएका गैर आवासीय नागरिक विजय साहले स्वजातिको माइन्जन रामलाल साह कहाँ गएर गुनासो गरेपछि बृजनन्दन प्रसाद साहलाई स्वाजातीको एक भेलाबाट नै समाजबाट निष्कासन गरेको छ । कलवार स्वाजातिको भेलाबाट स्वाजातमा बोलचाल नगर्ने, विवाह भोज लगायतमा सहभागी नगराउने र बृजानन्दनको घरपरिवारमा कसैको मृत्यू भएमा स्वाजातीका व्यक्तिहरु मध्ये कोहि पनि सहभागी नहुने निर्णय गरेपछि पीडित परिवारले अदालतलाई गुहारेका छन् ।

समाजिक बहिस्कारको निर्णय गर्नेअगुवाहरुमाथि अदालतमा मुद्दा

कलवार स्वाजातिको सभाबाट बहिष्कृत भएका पीडित बृजानन्दन प्रसाद साहले भने अदालतमा लिखित गाली बेइज्जतीको मुद्दा दर्ता गराएका छन् । उनले धनुषा जिल्ला अदालतमा फिराद पत्र दायर गर्दै डेढ दर्जन व्यक्तिमाथि लिखित गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ५८ वर्षिय रामलाल साह, ४६ वर्षिय विजय साह, ४२ वर्षिय शंकर साह, मेडिकल एसोसिएसनका पूर्व अध्यक्ष ५७ वर्षिय गणेश साह, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ५० वर्षिय धर्मेन्द्र साह, ५० वर्षिय जितेन्द्र साह, ५५ वर्षिय शम्भु प्रसाद साह, ६५ वर्षिय रामजी साह, ५५ वर्षिय श्यामप्रसद साह, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने पूर्व सांसद दिनेश प्रसाद साह, जउमनपा वडा नम्बर ११ बस्ने रामजी साह, जउमनपा वडा नम्बर ७ बस्ने श्याम साह र सुजितकुमार साह सहित १८ जना माथि लिखित गाली बेइज्जतीको मुद्दा धनुषा जिल्ला अदालतमा दर्ता गरेका छन् ।

यस कारण भयो, समाजिक बहिष्कार

अमेरिकावासी रहेका विजय साहले श्रीमति सरिता साहबाट विश्वासघात भएको आरोप लगाउदैँ जनकपुरमा आएर आफु घरबार विहीन भएको बताएपछि स्वजातिका माइन्जनहरुले विजयको पक्षमा वकालत गर्दै आएका थिए ।
विजयको नाउँमा रहेको पुर्खौली सबै सम्पति उनकै श्रीमतीको मिलिभगतमा सासु ससुराले झुक्याएर आफ्नो नाउँमा गरेको दावी गर्दै आएका छन् ।
विजयलाई सन् १९९५ मा डिभी चिठा परेपछि अमेरिका गएका थिए । सरिता साहसंग विवाह भएपछि सरिता पनि अमेरिकामै गइन् ।

अहिले सरितासंग विजयसंगको सम्बन्ध सुमधुर नहुँदा उनले श्रीमतिमाथि विभिन्न लाञ्छना लगाउदैँ सासु र ससुरालाई गाली गलौज गर्दै आएका थिए ।
तर यता विजयका ससुरा बृजनन्दन प्रसाद साहले भने आफुले १० लाख रुपैयाँ नगदमा जग्गा जमिन किनेको दावी गरे ।
विजयकी श्रीमति सरिताले भनिन्–‘सासुलाई सेवा गरे वापत जनकपुरको घडेरी मेरा नाममा मेरो श्रीमान विजयले गरदिएको थियो’, उनले भने, ‘केही वर्ष पछि विजयलाई पैसा आवश्यक परेको बेला घडेरी बेच्ने कुरा गरेपछि उनको सहमतीमा नै आफ्नै बुवासंग १३ धुर घडेरी १० लाख र एक कठ्ठा २५ लाख बेचेको छु ।’


श्रीमान् विजयले विभिन्न प्रकारको आरोप लगाउने, केही काम नगर्ने र केही बोल्यो भने उल्टै झर्केर बोल्ने गरेको सरिताले सुनाइन । ‘विजय चार वर्षदेखि केही काम नगरी बसेको छ,’ उनले भने, ‘आँफूले कमाएर चार वर्ष देखि दुई सन्तानसहित श्रीमानलाई पनि पालेको छु ।

अहिले उ मलाई यहाँबाट कुटपीट गरेर नेपाल गएको ।’ जनकपुरको महाबिर चोक स्थित रहेको १३ धुर घडेरी र अर्को ठाउँमा रहेको एक कठ्ठा जमिण श्रीमानकै सहमतीमा बुबा बृजन्नदसंग बेचेको उनले सुनाए । श्रीमान विजयले यस्तै व्यवहार ग¥यो भने उसंग सम्बन्धमा बस्न नसक्ने भन्दै सरिताले भने ‘सम्बन्ध विच्छे गर्छु । धेरै पीडा सहेर बसिरहेको थिए । तर, उ नसुध्रिने भएपछि बस्न सक्ने अवस्था छैन् ।’

१२ वर्ष अगाडी सरितार विजय विवाह बन्धनमा बाधिएको थियो । विवाह भएको केही महिना पछि नै आमा र श्रीमतीलाई समेत अमेरिका लगेको थियो, विजयले । सरिता र विजयबीच विवाद, झगडा लगायत अनमेल जस्ता क्रियाकलापहरु विवाह बन्धनमा बाँधिएको पहिलो वर्षदेखि हुँदै आएको सरिताको बुबा बृजन्नदले बताए ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *