मुख्य-2 समाज

सिरहामा बाख्रा चराउन गएकी १० वर्षीया बालिका बलात्कृत

सिरहा, असार २६ गते ।

सिरहाको पश्चिमवर्ती कल्यणपुरमा कमला बगरमा बाख्रा चराउन गएकी १० वर्षीया बालिका बलात्कृत भएकी छन् ।

बलात्कारमा संलग्न रहेको आरोपमा कल्याणपुर नगरपालिका ३ का ५५ वर्षीय रामबृक्ष साफीलाई पक्राउ गरी जबरजस्ती करणी अन्तर्गतको मुद्दामा बुधबार नै म्याद थप गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।


मिर्चैया प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले पीडित बालिकालाई उद्धृत गर्दै कमला बगरमा भैंसी चराउन भएका साफीले मंगलबार दिउँसो बालिकालाई जबर्जस्ती करणी गरेको बताए । पीडित बालिका र साफीको सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *