मुख्य-1 राष्ट्रिय

धनुषामा निर्माणाधिन पुल भत्कियो

टुडेपाटी समाचारदाता-
धनुषा, असार २८ गते ।

धनुषाको सखुवा महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलामा निर्माणाधिन पुल भत्किएको छ । रोशन कन्ट्रक्सनले झण्डै ६ वर्षदेखि निर्माण गर्दै आएको पुल अझैसम्म अधुरो अवस्थामा थियो ।

अविरल वर्षासंगै आएको बाढीले उक्त निर्माणाधिन पुल शुक्रबार राति भत्केको राजपा नेपालका स्थानीय युवा नेता अजयकुमार राउतले जानकारी दिनुभयो । गुणस्तरहीन सामग्रीको प्रयोग गरेकाले पुल भत्केको स्थायनीहरुको भनाई छ ।

उक्त पुलको झण्डै ६ वर्ष अघि बर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले शिलान्यास गर्नुभएको थियो ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

2 Replies to “धनुषामा निर्माणाधिन पुल भत्कियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *