TodayPati

ओलीलाई पार्टीबाट निष्कासन गरेर माधव नेपाललाई आज नेकपा अध्यक्ष बनाइँदै

टुडेपाटी

काठमाडौँ, पुस ७ गते ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी निष्कासन गर्ने केन्द्रिय समितीको बैठकले स्थायी कमिटीको निर्णय अनुमोदन गरिसकेपछि नेकपाले नयाँ अध्यक्ष चयन गर्ने भएको छ ।

Sponsored

ओलीलाई असंवैधानिक कदम चालेर देशलाई अस्थिरतामा धकेलेको अभियोग लगाउँदै प्रचण्ड नेपाल समुहले ओलीमाथि पार्टीको सदस्य नरहने गरी कारवाही गर्न लागेका हुन्।

सोही बैठकबाट माधवकुमार नेपाललाई पार्टी अध्यक्ष बनाउने तयारी पनि रहेको एक स्थायी कमिटी सदस्यले टुडेपाटीलाई बताए । ‘केन्द्रीय कमिटी बैठकअघि बस्ने स्थायी कमिटी बैठकले ओलीमाथि कारवाहीको प्रस्ताव तयार पार्छ र त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ’ एक स्थायी कमिटी सदस्यले भने, ‘त्यही बैठकले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी रहेको छ। पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था रहेकोले रिक्त हुने स्थान नेपालले लिनुहुन्छ।’

सोमबार नै स्थायी कमिटी बैठक बस्ने भनिए पनि सांसदहरुसँग छलफल, सर्वदलीय बैठक र आपसी छलफल आदिमा दिनभर व्यस्त भएको भनी सो बैठकलाई मंगलबारको लागि सारिएको थियो।

Sponsored

सोमबार बानेश्वरस्थित संसद भवनमा भेला भएका प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका आफूपक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मंगलबार केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटीको बैठक बस्ने जानकारी गराएका थिए।

आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेलगत्तै बसेको स्थायी कमिटी बैठकले पनि अध्यक्ष ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो। ओली पक्षका सदस्य अनुपस्थित रहेको सो बैठकले ठोस कारवाही भने गरेको थिएन।

महिनौंदेखिको तिक्ततापूर्ण झगडा जारी रहेपनि औपचारिक रुपमा एउटै पार्टी रहेको नेकपा, आइतबारको प्रधानमन्त्रीको कदमले औपचारिक रुपमैं विभाजन हुने निश्चित भएको छ ।

नेताहरुले राजनीतिक रुपमा पार्टी विभाजन भैसकेको र विभाजनले कानुनी औपचारिकता पाउन मात्र बाँकी रहेको बताएका छन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *