TodayPati

नेकपामा दुई अध्यक्ष प्रणालीप्रति प्रभु साह असन्तुष्ट

टुडेपाटी-
काठमाडौं, पुस ७ गते

नेकपाका केन्द्रीय सदस्य प्रभु साहले पार्टीमा दुई अध्यक्ष भएकोमा असन्तुष्टि जनाएका छन् ।

मंगलबार बबरमहलको एक पार्टी प्यालेसमा भएको नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर माधव नेपाललाई नयाँ अध्यक्ष बनाएपछि नेता साहले असहमति जनाएका हुन् ।

उनले नेता नेपालप्रति आफ्नो सम्मान रहेको बताउँदै दुई अध्यक्षवाला प्रणाली नै बेठिक रहेको बताए।

Sponsored

साहले दुईवटा अध्यक्ष बनाउँदा नौटंकीजस्तो हुने भन्दै एउटै अध्यक्ष बनाउनुपर्ने धारणा राखेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *