TodayPati

जसपाद्वारा ५ दिने आन्दोलनको घोषणा

टुडेपाटी

जनकपुरधाम, पुस ७ गते ।

संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले ५ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । 

Sponsored

काठमाडौंमा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले  संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो

पुस ८ गते देशव्यापी प्रदर्शन, ९ गते आन्दोलन र संघर्ष तयारीका लागि देशभरी पार्टी कमिटीहरुका बैठक, १० गते राष्ट्रपति र प्रधानमन्त्रीको सबै जिल्लामा पुत्ला दहन गर्ने, ११ गते मसाल जुलुस र १२ गते सबै जिल्लामा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको जसपाका केन्द्रीय समितिका सदस्य केशव झाले जानकारी दिए ।

बैठकले संविधानमा हुँदै नभएको धारालाई टेकेर संसद विघटन गरिएको भन्दै सभामुखलाई प्रतिनिधिसभाको बैठक बोलाउन आह्वान गर्ने पनि निर्णय गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *