TodayPati

प्रचण्डलाई धोका दिएर रघुवीर महासेठ ओली पक्षमै फर्किए, अवसरवादी नेताको आरोप

टुडेपाटी

जनकपुरधाम, पुस ८ गते ।

प्रचण्ड–माधव नेपाल समुहको स्थायी कमिटी बैठकमा सहभागी भएका रघुवीर महासेठ फेरि प्रधानमनत्री केपी ओली समुहमा फर्किएका छन् ।

Sponsored

पत्नी जुली महासेठ ओली समुहमा सहभागी भएपनि महासेठ गुट परिवर्तन गर्दै फेरि ओली समुहमा लागेका हुन् । मंगलवार दिउँसो बबरमहलस्थित कार्की पार्टी प्यालेसमा पुगेर स्थायी कमिटी बैठकमा बसेका महासेठ केन्द्रीय कमिटी बैठकमा भने थिएनन् ।

स्थायी कमिटीमा बसेर निस्केका महासेठ केन्द्रीय कमिटीले केपी ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दासम्म नआएको र उनले माइन्युटमा हस्ताक्षर पनि नगरेको माधव नेपाल निकट एक नेताले बताए ।

स्रोतका अनुसार महासेठ हिजै साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँग कुरा गरिसकेपछि उनी आज प्रदेश २ को प्रशिक्षणमा वक्ताका रुपमा राखिएका छन् ।

Sponsored

प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटबाट महासेठलाई निकालेपछि उनी प्रधानमन्त्रीसँग असन्तुष्ट थिए ।

उनी प्रचण्ड–माधव नेपाल समुहमा लागेपछि समाजिक संजाल प्रयोगकर्ताले उनलाई अवसरवादी नेताको संज्ञा दिएका छन् । सधैँ सत्तामा बसिरह्न रुचाउने महासेठले फेरि पदको लोभमा एक दिनमै गुट परिवर्तन गरेको बताइन्छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *