TodayPati

प्रचण्ड आज संसदीय दलको नेता बन्दै, केही बेरमै दलको बैठक बस्दै

टुडेपाटी

काठमाडौँ, पुस ८ गते ।

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समुह) को संसदीय दलको बैठक बुधबार बस्दै छ ।

Sponsored

दिउँसो १ बजे बानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठकले दलको नेता चयन गर्नेछ । यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए ।

मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले आज संसदीय दलको बैठक तय गर्दै नयाँ नेता चयन गर्न लागेको हो ।

नेता देव गुरुगका अनुसार बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गर्ने तयारी छ ।

Sponsored

यसअघि मंगलबारै बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा नेता माधवकुमार नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *