TodayPati

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको एकल इजलासमा

टुडेपाटी-
काठमाडौं, पुस ८ गते ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १२ वटा रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ । सर्वोच्चले मुद्दाको पेसी प्रधानन्यायाधीशको एकल इजलासमा तोकेको हो ।

संसद् विघटनको विरोधमा परेका रिटमध्ये एउटा रिट भने संवैधानिक इजलासमा पठाइएको छ ।

Sponsored

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चमा दर्जनभन्दा बढी रिट परेका हुन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सांसदहरू, वरिष्ठ अधिवक्तालगायतले रिट दायर गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *