TodayPati

बजेट पारित गराउन नसकेपछि इजरायलको संसद् विघटन

टुडेपाटी-
काठमाडौं, पुस ८ गते ।

इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो ।

संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस ९कोभिड–१९० को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री नेतान्याहूको आलोचना हुँदै आएको छ । यस्तो अवस्थामा इजरायलमा नयाँ निर्वाचनको घोषणा भएको हो ।

Sponsored

पछिल्लो दुई वर्षमा इजरायलमा चौथोपटक आम निर्वाचन हुन लागेको हो । गत मे महिनामा प्रधानमन्त्री नेतान्याहुले रक्षामन्त्री बेनी गान्ट्जको पार्टीसँग मिलेर संयुक्त सरकार बनाएका थिए । यद्यपि सत्तारुढ गठबन्धनमा देखिएको आन्तरिक विभाजन बढ्दै गएसँगै सरकारले संसद् विघटन गर्ने निर्णय गरेको हो ।

तीन वर्षे यो कार्यकालमा नेतान्याहू १८ महिना र गान्ट्ज १८ महिनाको लागि आलोपालोमा प्रधानमन्त्री बन्ने सहमति थियो । जसअनुसार सन् २०२१ को नोभेम्बरबाट गान्ट्ज इजरायलको प्रधानमन्त्री बन्ने तयारी थियो । गान्ट्जले सन् २०२१ को लागि प्रस्ताव गरेको बजेट अनुमोदनको लागि नेतान्याहूले अस्वीकार गरेका हुन् ।

गठबन्धनको सरकारलाई मंगलबार मध्यरातसम्म बजेट पारित गराउने म्याद थियो । तर, अन्तिम समयसम्म पनि बजेटमा सहमति जुट्न सकेन । नेतान्याहूले आफूले निर्वाचन नचाहेको तर गान्ट्जको कारण निर्वाचनमा जानुपर्ने बाध्यता आइपरेको बताएका थिए । यसअघि भएको सम्झौता पनि गान्ट्जले पालना नगरेको नेतान्याहूले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *