TodayPati

प्रदेशमा चलखेल भए थप कदम चाल्छु :ओली

टुडेपाटी-
जनकपुरधाम, पुस ८ गते ।

असंवैधानिक रुपमा संसद विघट गरेपछि चर्को अालोचना भइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा चलखेल भए थप कदम चाल्ने चेतावनी दिएका छन् ।

योहो टिभीको ‘सत्य संवाद’मा अन्तर्वार्ता ओलीले यस्तो चेतावनी दिएका हुन् ।

Sponsored

सत्तारुढ नेकपा विभाजनको हलचल प्रदेश सरकारहरूमा पनि पर्ने देखिएको छ ।

केन्द्रमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह अलग कित्तामा उभिएपछि नेकपाले नेतृत्व गरेका ६ मध्ये चारवटा प्रदेश सरकार अल्पमतमा पर्दै छन् । 

सुदूरपश्चिम र कर्णालीमा अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षका मुख्यमन्त्रीसँग स्पष्ट बहुमत छ ।

Sponsored

आ्ेली पक्षीय मुख्यमन्त्री रहेका प्रदेश १ का, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश अल्पमतको अवस्था छ ।
संसद विघटन कांग्रेसको लागि अवसर भएको बताउँदै अोलीले भने ‘नेकपा बिभाजित भएको अबस्थामा काङ्ग्रेस त चुनाव पर्खेर बसेको थियो, त्यसको लागि अवसर हो’
तर रामचन्द्र पौडेल चुनावमा हार्ने निश्चित भएका कारण चुनावको बिरोधमा उत्रेको तर्क उनको छ ।

उनले देश चुनावमा गएकोले दुई तिहाई मत जनताले अाफुलाई दिनु पर्ने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *