TodayPati

प्रदेश २ : नेकपा संसदीय दलका सचेतकसहित दुई नेताले गरे ओलीपक्षको केन्द्रीय सदस्य अस्वीकार

टुडेपाटी-
जनकपुरधाम, पुस ९ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का दुईजना नेताले ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

नेकपाका प्रदेश २ संसदीय दलका सचेतक समेत रहेका प्रदेश कमिटी सदस्य सुन्दर विश्वकर्मा र  नेकपा सर्मथित मजदुरहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश कमिटी अध्यक्ष कमलेश झाले पद अस्वीकार गरेका हुन् ।

Sponsored

नेकपाका बारा जिल्ला कमिटी सचिव समेत रहेका विश्वकर्मा बारा क्षेत्र नम्बर ४ को (क) बाट तत्कालीन नेकपा एमालेबा निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दैै विश्वकर्माले केन्द्रीय सदस्य पद अस्वीकार गरेको घोषणा गर्दै दुरासययुक्त ढंगबाट विभिन्न प्रचार गरिएको आरोप लगाएका छन् ।

केन्द्रीय सदस्यको पद अस्वीकार गर्ने झा विद्यमान जिम्मेवारीमै रहने बताउँदै प्रचारको खण्डन गरेका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *