TodayPati

जसपाद्वारा प्रदेश २ सहित देशभर मसाल जुलुस प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम ,पुस ११ गते ।

संसद विघटन विरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले शनिबार साँझ मसाल जुलुस प्रदर्शन गरेको छ । प्रदेश २ लगायत देशभर जसपा नेता कार्यकर्ताहरुले मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

प्रधानमंत्री केपी ओली तथा राष्ट्रपति विद्या देवी भण्डारी द्वारा प्रतिनिधि सभा विघटन गरेर चालेको असंवैधानिक कदमकाे विरुद्ध जसपाको पूर्व निर्धारित विरोधको कार्यक्रम अनुसार देशभर प्रदर्शन भएको हो ।

Sponsored

जनकपुर, सिरहा, राजविराज, जलेश्वर, मलंगवा, गौर, कलैया र विरगञ्जमा जसपा नेता कार्यकर्ताले वृहत रुपमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *