TodayPati

प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म आन्दोलन गर्ने प्रचण्ड-नेपाल पक्षको जनकपुरमा चेतावनी

टुडेपाटी-
जनकपुरधाम, पुस १४ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री यदुवंश झाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता विरोधी र संविधान विरोधी हरकत गरेका कारण देशमा अन्योलको अवस्था सिर्जना भएको आरोप लगाएका छन् ।

सो पार्टीले प्रधानमन्त्री ओलीका ‘असंवैधानिक कदमको विरोध’ भन्दै मंगलबार आयोजना गरेको देशब्यापी विरोध कार्यक्रम अन्तर्गत जनकपुरको विद्यापति चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानलाई नै संकटमा पारेको आरोप लगाए ।

Sponsored

ओलीले संसद विघटन गरी देशमा अस्थिरता निम्त्याएको, पार्टी एकता विरोधी हरकत गरेको भन्दै उनले त्यस्ता कदमको विरुद्ध सडकमा उत्रिनुको विकल्प नरहेको बताए ।

यस्तै, जनकपुरमै राम चोकमा आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य श्रीप्रसाद साहले प्रतिनिधिसभा पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताए । उनले प्रम ओलीले चालेको असंवैधानिक कदम नसच्याएसम्म आन्दोलन जारी रहने र त्यसका लागि तयार रहन कार्यकर्तालाई आह्वानसमेत गरे ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *