TodayPati

मन्त्री साह सवार गाडीले सर्लाहीमा सर्वसाधारणलाई ठक्कर दिएर भाग्यो

टुडेपाटी

सर्लाही, पुस १८ गते ।

शहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक सर्वसाधारणलाई ठक्कर दिएर भागेको खुलेको छ ।

Sponsored

पुर्व पश्चिम राजमार्ग अन्गर्तत हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको गाडीले लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३५ बर्षीय बच्चु तामाङलाई ठक्कर दिएर भागेको हो ।

जिपको ठक्करबाट तामाङ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको कम्मर र खुट्टामा चोट लागेको छ ।

ठक्कर दिएर भागेको गाडी मन्त्रीको रहेको अनुसन्धानको क्रममा खुलेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

Sponsored

घाइते भएका तामाङको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको उनले जनाए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *