ब्रेकिङ्ग राष्ट्रिय

धनुषामा भएको सडक दुर्घटनामा ३ को ज्यान गयो

शैलेन्द्र क्रान्ति –
जनकपुरधाम, साउन १२ गते ।

धनुषामा जनकपुर ढल्केवर सडक खण्डमा यात्रुबाहक विंगरले अटो रिक्सालाई ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ । अन्य एकजना गम्भीर घाइते भएका छन् ।

ज्यान जानेमा अटो रिक्सामा सवार यात्रु धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–४ का ७२ वर्षीय रामदेव साह , सिरहा ईनरवाकी ५० वर्षकी रेखा यादव र क्षिरेश्वरनाथ नगरपालिका कुमहहरौल बस्ने अटो रिक्सा चालक २५ वर्षका रोशन साह रहेको ईलका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

दुवै यात्रुको घटनास्थलमै र चालकको रमदैया स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । तिव्रगतिमा जनकपुर तर्फ आउँदै गरेको ना १ ज ७०२२ नम्बरको यात्रुबाहक विंगरले आईतवार अपराहन्न साढे ५ बजेको समयमा जनकपुर ढल्केवर सडक खण्डको क्षिरेश्वरनाथ नगरपालिका १० हरैया स्थित ढल्केवर तर्फ जाँदै गरेको ज १ ह ४८९६ नम्बरको अटो रिक्सालाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा मृत्यु भएका तीनै जनाको शवलाई पोष्टमार्टमको लागि जनकपुर अंचल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दहालले जानकारी दिनुभयो ।

शैलेन्द्र क्रान्ति
उहाँ टुडेपाटी प्रतिनिधि हुनुहुन्छ ।

One Reply to “धनुषामा भएको सडक दुर्घटनामा ३ को ज्यान गयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *