TodayPati

भुटानमा कोरोनाबाट पहिलोपटक ३४ वर्षीय पुरूषको मृत्यु

टुडेपाटी-
जनकपुरधाम, पुस २५ गते ।

कोरोना भाइरसको संक्रमणबाट छिमेकी मुलुक भुटानमा पहिलो पटक एक जनाको मृत्यु भएको छ ।

भुटानी स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार कोरोना संक्रमित ३४ वर्षीय एक पुरूषको मृत्यु भएको हो । कलेजो र मिर्गौलाको समस्याबाट पीडित ती व्यक्तिको उपचारकै क्रममा जिग्मे दोर्जे वान्चुक नेशनल रेफ्रेरल हस्पिटलमा निधन भएको हो ।

Sponsored

डिसेम्बर २१ मा कोरोना पोजेटिभ देखिएका उनी हस्पिटल भर्ना भएका थिए ।

भुटानमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ७१ पुगेको छ भने ४ सय ६५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३ सय ५ रहेको छ । हालसम्म ३ लाख २१ हजार ८ सय ४४ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एजेन्सी

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *