TodayPati

प्रदेश २ : भारतीय सिमा नाका बन्द भएपछि विवाह र किनमेल प्रभावित, नाका तुरन्तै खोल्ने तयारी

टुडेपाटी

जनकपुरधाम, पुस २८ गते ।

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको भारतीय सिमा नाका सरकारले खोल्ने तयारी गरेको छ ।

Sponsored

महामारीको जोखिम कम भएपछि सरकारले चाँडै सिमानाका खोल्ने तयारी गरेको हो ।

‘सीमा नाका बन्दले मधेसमा विवाह, गाडी आउजाउ, किनमेललगायतको समस्या र चिन्ता छ, यसलाई म यहाँबाट जाने बित्तिकै प्रधानमन्त्रीलाई कुरा गरेर सीमा नाका खुलाउँछु,’ उपप्रधानमन्त्री ईश्वर पोखरेलले भने, सीसीएमसीको प्रमुखको हैसियतले बैठक बसेर नाका खोल्ने निर्णय गर्छु ।’

बारामा नेकपाको भेला कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

Sponsored

सीमा नाका खेलाउन सोमबारै गृह सचिवसित आफूले कुरा गरेको उनले बताए । सीमा खोलिँदा सचेतना भने कायम राख्न आग्रह गरे ।

‘कोभिडले कुनै कर्मचारी र समुदाय नछोड्ने भएकाले सीमा नाका खुलेपनि सचेतना अपनाई राख्नुपर्छ,’ उनले भने ।

बारा जिल्लाका सिम्रौनगढ र मटिअर्वा नाकासमेत खोलिने उनले आश्वासन दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *