मुख्य-1 राजनीति

प्रदेश २ : सडक निर्माणमा बिरोध गर्नेलाई तीन महिना कैद हुने

टुडेपाटी समाचारदाता-
जनकपुरधाम, साउन २५ गते ।

प्रदेश २ सरकारले सडक निर्माण एवं मर्मत सम्भार अवरुद्ध गर्ने व्यक्तिलाई तीन महिनासम्म कैदको व्यवस्था गरेको छ ।


शुक्रबारको प्रदेशसभा बैठकमा प्रादेशिक सडक निर्माण, सम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । विधेयकमा सडक निर्माण गर्ने क्रममा अरु जग्गा प्रयोग गर्न सक्ने र यस क्रममा हुलहुज्जत र बाधा बिरोध गर्नेलाई तीन महिनासम्म कैद, पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था उल्लेख गरिएको छ ।


प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले पेश गरेका विधेयक विशेष समितिमा छलफल भई शुक्रबार पारित भएको हो ।

mm
टुडे पाटी
प्रदेश २ भित्रको ताजा तजा विश्वसनीय समाचारको लागि लगईन गर्नुहोस्
http://todaypati.com

2 Replies to “प्रदेश २ : सडक निर्माणमा बिरोध गर्नेलाई तीन महिना कैद हुने

  1. Ani सडक bnaune घुसखोर ठेकेदार लाई के grne हो यो त पारित भएन हजुर अलि यो message पनि पठाई दिने अनुरोध छ. यो ले गार्ड जनता नाई loss म जाने vo baiman हरू त घुमि nai rheko हुन् छ सधैं……

  2. यो त ठीकै हो तर विना कुनै दिर्घकालिन योजनाकै काम गर्नु जस्को फलस्वरूप एउटै पुर्वाधारलाई पटक पटक भत्काउनु र गुणस्तरहिन काम गर्नेलाई चाही के कस्तो सजायको व्यवस्था छ? यो कुरामा म पक्का विस्वसत छु कि कुनै कानुन बन्दैन किनकी यदि यस्तो भयो भने ती नै व्यक्तिहरु त्यो फन्दामा आफै पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *