TodayPati

प्रदेश २ : चट्याङबाट ज्यान गुमाएकाको परिवारलाई ७ महिनापछि प्रदेश सरकारले दिए १ लाख !

टुडेपाटी-
बारा, माघ ४ गते ।

चट्याङले ज्यान गुमाएकाको परिवारलाई प्रदेश २ सरकारको एक लाख रुपैयाँ सहयोग गरेको छ । 

बाराको फेटा गाउँपालिका वडा नम्बर-१, त्रिवेणीमा गत असार १८ गते वर्षासँगै परेको चट्याङले ज्यान गुमाएका दुईजना महिलाका परिवारलाई प्रदेश २ सरकारले प्रतिपरिवार एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको हो ।

Sponsored

प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले शनिबार त्रिवेणी गाँउमै पुगेर मृतक सुनरपती देवी महतो र इन्दुदेवी महतोको परिवारका अभिभावक जादोलाल महतो र हिरालाल महतोलाई चेक प्रदान गरेका हुन् ।  

असार १८ गते बारामा चट्याङ लागेर चार जना महिलाको मृत्यु भएको थियो । फेटा गाउँपालिका-१ त्रिवेणी गाँउका दुईजना महिलासहित चट्याङले कलैया उपमहानगरपालिका-१२ शीतलपुरका थप दुई जनाको मृत्यु भएको थियो । 

घटनापछि प्रदेश २ सरकारले मृतकका परिवारलाई १/१ लाख रुपैयाँ सहयोग घोषणा गरेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *